बालबालिकाका लागि एक करोड खोप आउँदैछ : स्वास्थ्यमन्त्री
११ कात्तिक , काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा भ्रष्टाचार नहुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले बिहीबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने बताएका हुन् ।
‘मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनु हुन्न र पाउन दिन्न भनेर अठोट गरेको छु, खतिवडाले भने । नयाँ मान्छे फेरिने बित्तिकै झ्याप्पै नयाँ योजना आउँछ भन्ने मलाई विश्वास लाग्दैन । मैले सबै कुरा बुझेपछि के गर्न सकिन्छ भन्ने हो । अहिलेको प्राथमिकतामा हरेक नागरिकले खोप पाउनबाट कोही पनि वञ्चित हुन नपर्ने र छिटो कसरी खोप अभियान सम्पन्न कुरामा ध्यान दिनुपर्नेछ, उनले भने ।
त्यस्तै उनले १५ दिनभित्र एक करोड डोज कोरोना खोप आइपुग्ने पनि बताए । ‘१८ वर्षमाथिकाले अहिलेसम्म लगाए । अब १२ वर्ष माथिकालाई पनि लगाउने मिल्ने खोप डब्लूएचओले मान्यता दिइसकेको फाइजर र मोडर्नाको एक करोड डोज खोप बुक गरिसकेका छौँ । ५० लाखलाई लगाउन पुग्छ । सम्भवतः १५ दिन आसपासमा आउँछ ।
त्यसैगरी भारत र चीनले मान्यता पाएपछि १२ वर्ष मनिका बालबालिकालाई लगाउन मिल्ने कोभिडविरुद्धको खोप पनि ल्याउन प्रक्रिया सुरु गरिने उनले जनाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply