गठबन्धन सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ : ओली
१५ कात्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई ‘लुत्तो लागेको कुकुर’ को संज्ञा दिएका छन् । एमाले भरतपुर महानगरको अधिवेशनलाई सोमबार चितवनमा सम्बोधनका क्रममा ओलीले देउवा नेतृत्वको सरकार आफै ढल्ने बताएका हुन् ।
हामी यो सरकारलाई केही गर्दैनौं । हाम्रो तयारीमा जुटिसकेका छौं । तर यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरझैं खुइलिँदै जान्छ’ उनले थपे हामीले चाह्यौं भने सजिलै ढाल्न सक्छौं । तर हामी यसलाई चलाउँदैनौं ।
उनले पाँच दलीय गठबन्धन चुनावमा जान डराएको समेत आरोप लगाए । चुनावबाट कहिलेसम्म भाग्लान् यिनीहरु ? स्थानीय तहको चुनावमा यिनीहरुलाई धोबीले लुगा पछारेझैं पछार्नु पर्छ, उनले भने, भरतपुर महानगरमा जित्ने एमाले नै हो । आजैदेखि नै एकतावद्ध भएर तयारी गर्नुस् ।
उनले अब एमालेमा देखिएको विवादलाई बिर्सिएर अघि बढ्न पनि आग्रह गरे । हिजो कुन पृष्ठभूमिमा के भयो, हिजोका कुरामा अल्झिने होइन । अब समय बर्बाद गर्ने होइन, उनले भने, विगतका तीता मिठा कुरा सम्झिएर समय खेर फाल्ने होइन यो । अब अरुझैं हामी कुटाकुट गरेर बस्ने होइन । अघि बढौं चुनावको तयारीमा लागौं ।
उनले पाँच दल एकसाथ लडे पनि एमाले एक्लै काफी हुने बताएका छन् । ‘हामी जित्नका लागि लड्छौं । चुनावसम्मै हामी पाँच वटा मिल्छौं भनिरहेका छन् । पाँच वटै मिलेर जाऊ हामी एक्लै काफी छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply