सर्वोच्चमा १५ न्यायाधीशसलाई तोकियो नौं इजलास, सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका
१७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १५ न्यायाधीशहरूका लागि नौ इजलास तोकका छन् । तीन एकल र ६ वटा संयुक्त इजलासमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका छन् ।
दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठलाई प्रधानन्यायाधीश जबराले संयुक्त इजालस तोकेका छन् । त्यस्तै कुमार चुडाल, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीलाई भने एकल इजलास तोकिएको छ ।
मंगलबार प्रधानन्यायाधीशले बैंकिङ कसुरको मुद्दामा समेत पेसी तोके पनि बुधबार भने बन्दीप्रत्यक्षीकरण मुद्दामा मात्रै इजलास तोकेका छन् । सबै इजलासलाई एक–एक वटा मुद्दा हेर्नेगरी पेसी तोकिएको छ ।
मंगलबार १० जना न्यायाधीशको ६ वटा इजलास तोकेकामा जबराले एउटा संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दासँगै जोडिएको बैंकिङ कसुरको मुद्दा तोकेका थिए । पहिलेको समझदारीभन्दा बाहिर गएर प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेको भन्दै कोही पनि न्यायाधीश मंगलबार इजलासमा गएनन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीशको राजीनामा नआएसम्म इजलासमा नफर्कने अडानमा रहेका बेला आफूले कुनै हालतमा राजीनामा नगर्ने बताएका जबराले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि परिस्थिति एकाएक फेरिएको थियो । इजलासमा एक्लै बसेर मुद्दाको सुनुवाइ गरिरहेका प्रधानन्यायाधीश जबराले सोमबार आफूलाई मुद्दा तोकेनन् भने ६ दिनदेखि इजलास नगएका न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ गर्ने सर्तमा इजलास गए ।
प्रधानन्यायाधीश जबराको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् । आइतबारदेखि सुरु भएको कालोपट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply