भारतका यातायातमन्त्री गडकरी नेपाल आउँदै

२४ कात्तिक, काठमाडौं । भारतका यातायातमन्त्री नितिन गडकरी नेपाल भ्रमणमा आउने भएका छन् । सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता गडकरी पतञ्जलि योगपीठ (नेपाल) को निम्तामा मंसिर २ गते काठमाडौं आउने भएका हुन् ।
पतञ्जलि योगपीठले मंसिर ३ गते काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी यहाँ आउने भएका हुन् । योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले भारतीय मन्त्री गडकरी नेपाल आउने निश्चित भएको जानकारी दिए ।
उनका अनुसार गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम पनि छ । साथमा योगगुरु रामदेव र आचार्य बालकृष्ण पनि नेपाल आउने छन् । उनीहरूको टोली मंसिर ३ गते स्वदेश फर्किनेछ ।
नेपालस्थित भारतीय दूतावासले भने गडकरीको नेपाल भ्रमणको औपचारिक जानकारी नरहेको बताएको छ । गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्जलि (नेपाल) को उद्घाटनमा सहभागी हुनेछन् । ती च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply