भारतका यातायातमन्त्री गडकरी नेपाल आउँदै
२४ कात्तिक, काठमाडौं । भारतका यातायातमन्त्री नितिन गडकरी नेपाल भ्रमणमा आउने भएका छन् । सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता गडकरी पतञ्जलि योगपीठ (नेपाल) को निम्तामा मंसिर २ गते काठमाडौं आउने भएका हुन् ।
पतञ्जलि योगपीठले मंसिर ३ गते काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी यहाँ आउने भएका हुन् । योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले भारतीय मन्त्री गडकरी नेपाल आउने निश्चित भएको जानकारी दिए ।
उनका अनुसार गडकरीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम पनि छ । साथमा योगगुरु रामदेव र आचार्य बालकृष्ण पनि नेपाल आउने छन् । उनीहरूको टोली मंसिर ३ गते स्वदेश फर्किनेछ ।
नेपालस्थित भारतीय दूतावासले भने गडकरीको नेपाल भ्रमणको औपचारिक जानकारी नरहेको बताएको छ । गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्जलि (नेपाल) को उद्घाटनमा सहभागी हुनेछन् । ती च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नेछन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply