प्रदेश–१, मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने
२८ कात्तिक , मोरङ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लिन आज प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयकाअनुसार आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गराइएको छ ।
प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । प्रदेशसभा प्रस्ताव दर्ता गराएको दुई दिनपछि विश्वासको मत लिनुपर्ने प्रावधान छ । अब मुख्यमन्त्री राईले मंगलबार मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् ।
गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने राईले तयारी गरेका छन् । ९३ जना प्रदेशसभा सदस्य (हाल ९२) रहेको छ । बहुमत पुर्याउन ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ५० सांसद छन् । गठबन्धनमा नेपाली
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा छन् । विपक्षमा नेकपा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply