६ मंसिर २०७८, सोमबार ०७:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी
नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसाल महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका हुन्।
उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ। महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा सम्भावना हुने शुभचिन्तकको बुझाइ छ, भुसालनिकट एक नेताले भने,अहिलेनै केही सार्वजनिक भएको छैन। तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ होला।
उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ। यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन्।
एमालेको १० औं महाधिवेशनमा अहिलेसम्म भीम रावलले मात्रै अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply