नक्कली मतपत्र भेटिएपछि कांग्रेस ओखलढुङ्गाको निर्वाचन अवरुद्ध
७ मंसिर, ओखलढुङ्गा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ओखलढुंगाको अधिवेशन विवाका कारण अवरुद्ध बनेको छ ।
जिल्ला अधिवेशनका लागि मतदान शुरु हुनु केही समयअघि मंगलबार नक्कली मतपत्र भेटिएपछि जिल्ला अधिवेशनको प्रक्रिया स्थगन भएको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवार खिला कार्कीले दिएको जानकारीअनुसार संस्थापन पक्षबाट सभापतिका उमेदवार तेजन खनाल (तेजेन्द्र) सहितको टिमले नक्कली मतपत्र बनाएको हो ।
उक्त मतपत्रमा खनाल समूहबाट चुनावी प्रक्रियामा भाग लिएका उनीसहितका पदाधिकारी र सदस्यहरूको नाममा टिक चिह्न लगाएको पाइएको छ । निर्वाचन समितिले जुन प्रेसबाट जुन गुणस्तरको मतपत्रको छापेको थियो, सोही प्रेसबाट सोही गुणस्तरको सोही कागज प्रयोग गरेर मतपत्र छापेर टिक पनि लगाएर बाँड्ने तयारी गरेको मतपत्र हामीले प्राप्त गरेपछि अहिले मतदान प्रक्रिया स्थगित भएको छ , कार्कीले भने ।
प्रेस सञ्चालकले निर्वाचन समितिको स्वीकृतिमै मतपत्र छापेको आफूहरूसँग बोलेको कार्कीले बताए । आफूहरूले विरोध गर्दै स्पष्टीकरण मागेपछि वर्तमान सभापति प्रदीप सुनुवारले तरुण दलका जिल्ला अध्यक्ष उत्तम थापालाई हातपात गरेको कार्कीले जानकारी दिए ।
यो घटनापछि जिल्लामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश अधिवेशनमा पनि आशंका गरेको छ । प्रदेश अधिवेश सम्पन्न भएर नतिजा आएसँगै धाँधली भएको हुन सक्ने भन्दै सो समूहले प्रदेश अधिवेशन पुनः गराउन माग गरेको छ ।
प्रदेश ‘ख’ मा हार स्वीकार गरेको संस्थापन समूहले ४३ मतले जित्यो भनेपछि यसरी नै मतपत्र बनाएर जिताएको हुनुपर्छ । हामी फेरि प्रदेश अधिवेशन गराउन माग गरिरहेका छौं , उनले भने । ओखलढुंगा सदरमुकामस्थित सगरमाथा जनता माविको खेलमैदानमा जिल्ला अधिवेशनका लागि मतदान गर्ने तयारी गरिएको थियो । पौडेल समूह अधिवेशन बहिष्कार गरेर हिंडेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply