बन्दसत्र परिसरमा भीम रावलको पर्चा खोसियो
१२ मंसिर, चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलको पर्चा खोसिएको छ । आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको जनाइएको छ ।
रावल पक्षधरले मेरो उम्मेदवारी किन ? लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोसेका हुन् ।
एमालेले महाधिवेशनमा चार बाइ चार इन्चभन्दा बढीका प्रसारसामग्री प्रयोग गर्न नपाइने आचारसंहिता बनाएको छ ।
बन्दसत्रको दोस्रो दिन आज सर्वसम्मत नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ । हिजो बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार दिएको थियो ।
उक्त निर्णयप्रति रावलले आपत्ति जनाइरहेका छन् । रावलले अहिलेसम्म आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply