१३ मंसिर २०७८, सोमबार १५:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले महाधिवेशन– पदाधिकारीमा मात्र चुनाव गराउने कसरत
१३ मंसिर, चितवन । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ ।
३०१ सदस्य निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटीका लागि ३३१ जनाले मनोनयन दर्ता गराएकोमा केहीले फिर्ता लिएका छन् । बाँकीलाई पनि फिर्ता लिन लगाएर केन्द्रीय सदस्य बाहेक पदाधिकारीमा मात्र चुनाव गराउने तयारी छ ।
अधिकांश उम्मेदवारले फिर्ता लिइसकेकाले केहीलाई मनाएर छिटोछरितो मतदानको तयारीका लागि समय सारिएको निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए ।
पदाधिकारीमा भने अध्यक्ष,उपाध्यक्ष र सचिवमा चुनाव हुने भएको छ । मतदानको समय अनिश्चित भएपछि प्रतिनिधिहरु अन्यौलमा परेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply