राप्रपाको नेतृत्व चयन प्रक्रिया आजबाट
१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनको प्रक्रिया आज देखि शुरु हुँदैछ । राप्रपाको एकता बुधबारबाट शुरु भएको एकता महाधिवेशनअन्तर्गत आजबाट निर्वाचन प्रक्रिया शुरु हुन लागेको हो ।
भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् । अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेण्डा अघि सारेका छन् ।
बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपतिशम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गरेका छन् । यस्तै विधान संशोधनसहित गाउँ÷नगर, जिल्ला, प्रदेश तथा केन्द्र सबै तहको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था महाधिवेशनले पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापा जानकारी दिए । महाधिवेशनमा देशभरिबाट झण्डै ४६ सय प्रतिनिधि सहभागी छन् ।
राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ । एकता महाधिवेशनको हिजो काठमाडौंको भृकुटीमण्डपमा अध्यक्षत्रय थापा, राणा र लोहनीले उद्घाटन गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply