२० मंसिर २०७८, सोमबार ०३:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तनहुँमा भरुवा बन्दुकले १७ वर्षीय किशोरको मृत्यु , प्रहरी टोली घटनास्थल जाँदै
२० मंसिर, तनहुँ । तनहुँमा भरुवा बन्दुक पड्केर गोली लाग्दा एक किशोरको ज्यान गएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी युवराज खड्काले दिएको जानकारीअनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ मा भरुवा बन्दुक पड्केर १७ वर्षका रोमित मल्लको मृत्यु भएको हो ।
उनका अनुसार आइतबार राति घटना भएको हो । आफ्नै भरुवा बन्दुक पड्केर उनको मृत्यु भएको भनेर भर्खर खबर आएको छ, डीएसपी खड्काले भने, टोली जाँदैछ, विस्तृत जानकारी आइसकेको छैन ।
बन्दुकको गोली लागेर घाइते भएका मल्लको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा राति नै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । कसरी बन्दुक पड्कियो र गोली लाग्यो भन्ने कुरा अहिले खुलिनसकेको र प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि मात्र यस विषयमा भन्ने सकिने उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply