कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार
२२ मंसिर, काठमाडौं । पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ ।
बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।
देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको एक नेताले बताए । सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भएपनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ ।
बैठकमा सहभागी नेताहरुले आफ्नो उम्मेदवारीका बारेमा धारणा राखेका थिए । उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । उनले भने, सभापतिमा मेरो इच्छा छैन तर त्योभन्दा दोस्रो पदमा मेरो दावी रहन्छ । तर गच्छदारले उपसभापति पदमै उम्मेदवारी रहनेबारे प्रष्ट नबोलेको बैठकमा सहभागी एक नेताले बताए ।
संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् । बैठकमा पाँचै जनाले महामन्त्रीमा दावी गरेका थिए ।
त्यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ ।
आकांक्षीको नाम सिफारिस गर्न नेताहरुलाई जिम्मेवारी
संस्थापन समूहले सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुलाई आआफ्नो प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।
प्रदेश अध्यक्ष र उम्मेदवारसँग पनि परामर्श गरेर नेताहरुलाई आकांक्षीको नाम सिफारिस गर्न भनिएको छ, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भनिन्, बिहीबार १२ बजेसम्म नाम दिन भनिएको छ । त्यसपछि बैठक बसेर अन्तिम टुंगो लगाइन्छ ।
कांग्रेस महाधिवेशन शुक्रबार (मंसिर २४ गते) उद्घाटन हुँदैछ । मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । तर कांग्रेसमा संस्थापन र इतर दुबै पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply