कांग्रेस संस्थापनबाट महामन्त्री पदमा तीन नेताको दाबी
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षबाट आसन्न चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि तीन नेताले दाबी गरेका छन्।
सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा जारी संस्थापन पक्षीय नेताहरुको बैठकमा तीन नेताले महामन्त्री पदमा दाबी पेश गरेका हुन्।
बैठकमा सहभागी एकजना नेताका अनुसार डा. प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले महामन्त्री पदमा दाबी गरेका हुन्।
यो बैठकमा महामन्त्रीका अर्का दाबेदार ज्ञानेन्द्रबहादुर कार्की भने अनुपस्थित छन्। महामन्त्री दाबी गर्नेमा खाण अहिले गृहमन्त्री छन।
महत र साउद भने सरकारी भूमिकामा छैनन्। यी तीनैजना देउवाका विश्वासपात्र मानिन्छन्। बैठकमा अनुपस्थित कार्कीलाई पनि महामन्त्रीका एक प्रत्यासीका रुपमा हेरिएको छ।
इतर समूहबाट महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेलसहितले दाबी गरिरहेका छन्।
उता सहमहामन्त्री पदमा १२ जना भन्दा धेरै नेताहरुले दाबी गरेका छन्। कांग्रेसको विधानमा आठजना सह-महामन्त्री हुने व्यवस्था छ।
त्यहीकारण यो पदमा आकांक्षीको संख्या पनि संस्थापनमै दर्जन नाघेको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply