कांग्रेस संस्थापनबाट महामन्त्री पदमा तीन नेताको दाबी
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षबाट आसन्न चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि तीन नेताले दाबी गरेका छन्।
सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा जारी संस्थापन पक्षीय नेताहरुको बैठकमा तीन नेताले महामन्त्री पदमा दाबी पेश गरेका हुन्।
बैठकमा सहभागी एकजना नेताका अनुसार डा. प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले महामन्त्री पदमा दाबी गरेका हुन्।
यो बैठकमा महामन्त्रीका अर्का दाबेदार ज्ञानेन्द्रबहादुर कार्की भने अनुपस्थित छन्। महामन्त्री दाबी गर्नेमा खाण अहिले गृहमन्त्री छन।
महत र साउद भने सरकारी भूमिकामा छैनन्। यी तीनैजना देउवाका विश्वासपात्र मानिन्छन्। बैठकमा अनुपस्थित कार्कीलाई पनि महामन्त्रीका एक प्रत्यासीका रुपमा हेरिएको छ।
इतर समूहबाट महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेलसहितले दाबी गरिरहेका छन्।
उता सहमहामन्त्री पदमा १२ जना भन्दा धेरै नेताहरुले दाबी गरेका छन्। कांग्रेसको विधानमा आठजना सह-महामन्त्री हुने व्यवस्था छ।
त्यहीकारण यो पदमा आकांक्षीको संख्या पनि संस्थापनमै दर्जन नाघेको हो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply