देउवाले पौडेललाई सर्वसम्मत सभापतिमा प्रस्ताव गरे पछि हट्छु : निधि
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गरे आफू सभापतिको दौडबाट पछि हट्ने उनले बताएका छन् । उनले देउवाले पौडेललाई सभापतिमा सर्वसम्मत प्रस्ताव गरे निर्विरोध रुपमा नेतृत्व चयन हुने र काँग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।
आफैं सभापतिमा लड्ने घोषणा गरिसकेका निधिले शुक्रबार भने, बाहिर जनताको र नेपाली काँग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दाखेरि आगामी चुनावका लागि पनि नेपाली काँग्रेसमा एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना छ’ शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पदको लागि पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ ।
देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाव पर्ने बताउँदै निधिले भने, देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नु हुन्छ कि गर्नु हुन्न, थाहा छैन । देउवाले रामचन्द्रलाई समर्थन नगरेको अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी भने अहिलेसम्म कायमै रहेको निधिले बताए । उनले भने, ‘हामीले छोडेको छैन है फेरि । म सभापतिको उम्मेदवार छँदैछु । अरु साथीहरु सभापतिको उम्मेदवार छँदै हुनुहुन्छ । म सभापति पदमा लड्दैछु ।
देउवासँग असन्तुष्ट निधिले भने, ‘हामी जो नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्दैछौं, यो प्रक्रियामा अझै पनि हामी कायमै छौं । तर, यो शेरबहादुरजीको हातमा छ । उहाँले रामचन्द्रजीलाई प्रस्ताव गर्नुभयो भने धेरै राम्रो हुन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply