राजतन्त्रको भविष्य छैन, पूर्व राजाले पार्टी खोले हुन्छ : माधव नेपाल

२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् ।
उनले भने, म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ । उनले नेपालमा अब राजनतन्त्रको भविष्य नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे ।
प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु-फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैं विष्फोटमा जाग्ने छन्, नेता नेपालले पूर्व राजालाई सङ्केत गर्दै भने, राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ । उनले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply