१९ लाख मोडेर्ना खोप आज नेपाल आउँदै
२६ मंसिर, काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत नेपालमा आज १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने भएको छ । गत बिहीबार र शुक्रबार गरी ३६ हजार ६ सय मात्रा (डोज) मोडर्ना खोप आइसकेको छ । सरकारले यो खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरेको छ । देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य विभागले जनाएको छ ।
हिमाली जिल्लामा सय भन्दा बढी विद्यार्थी भएको विद्यालय र बाँकी जिल्लामा २ सय बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ । तर फाइजर खोप लगाउन शुरु गरिएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा भने मोर्डनाको खोप लगाईने छैन । ती जिल्लाहरुमा फाइजरको थप खोप आएपछि पुनः खोप अभियान सञ्चालन गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply