कांग्रेस सभापतिको मत गणना : ३,१८१ भोट गन्दा ५६ मत वदर
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत निर्वाचनको मत गणनामा ५० प्रतिशत मत गणना हुँदा ५६ मत वदर भएको छ ।
अहिलेसम्म जम्मा ३,१८१ मत गणना भएको छ । जसमा ५६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म देउवाले १,५०६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १,१७८ मत प्राप्त गरेका छन् । प्रकाशमान सिंह २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहँदा मतदाता र कार्यकर्ता नतिजाको पर्खाइमा राष्ट्रिय सभा गृह अगाडि भेला भएका छन् । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४,७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन् । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply