सभापति टुङ्गो लागेसँगै अन्य पदतर्फकाे मतगणना आजै
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको टुङ्गो लागेसँगै अरु पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै शुरु हुने भएको छ । अन्य पदाधिकरीका मतपेटिका चुनावकै दिन सोमबार राति पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा लगेर राखिएका छन् । आज मत गन्न थालेर आगामी पुस ५ गतेभित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
सोमबारै भएको चुनावमा सभापतिका पाँच उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा मतदान गर्दा प्रधानमन्त्री शेरबहादुर विजयी भएका हुन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार राति ११ बजेदेखि जारी सभापतिको मतगणना अघि बिहान साढे २ बजे सकिएको हो । सार्वजनिक मत परिणामअनुसार प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतान्तरले हराउँदै देउवा सभापति पदमा विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार कूल खसेको ४,६२३ मतमध्ये देउवाले २,७३३ मत प्राप्त गरे भने कोइरालाले १,८५५ मत ल्याए । ३५ मत बदर भएका छन् । कांग्रेस सभापति पदका लागि दोस्रो चरणको चुनावमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याई पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ गरी पाँच उम्मेदवार थिए ।
कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो । पहिलो चरणमा ४,६८१ मत खसेको थियो । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको मत गन्न बाँकी छ । कांग्रेसमा पहिले पार्टी प्रमुख (सभापति) को छिनाफोना भएपछि मात्र अन्य पदाधिकारीतर्फ मत गन्ने चलन छ । कांग्रेसको १४औं महाधिवेशन गत २४ गते भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply