प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन् : ओली
२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् ।
नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए ।
नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, नियन्त्रित अस्थिरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।
कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, त्यस्ताहरुसँग एकता ? अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।
उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताए । उनले भने, हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply