कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक-फरक समूहबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।
निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । गगन थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।
महामन्त्रीको उम्मेदवारका रुपमा गगन थापा र विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की प्रतिष्पर्धामा थिए । कांग्रेस विधानमा दुई जना महामन्त्री हुने उल्लेख छ ।
सभापतिमा यसअघि नै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरुङ विजयी भइसकेका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४,६७९ मत खसेको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply