१ पुष २०७८, बिहीबार १०:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
महामन्त्री जितेपछि विश्वप्रकाशले भने, कांग्रेस रुपान्तरणको यात्रा प्रारम्भ भयो
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका विश्वप्रकाश शर्माले आफ्नो विजय व्यक्ति र गुटको विजय नभएको बताएका छन् । सानेपामा पत्रकारसँग कुरा गर्दै शर्माले आफ्नो जित नेपाली कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने यात्राको शुरुवात भएको बताए ।
शर्माले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । यो सिङ्गो नेपाली कांग्रेस पार्टीलाई रूपान्तरित गर्ने, नयाँ बिहानी शुरुवात गराउने यात्राको प्रारम्भ हो ।
फरक-फरक विचारबाट आएका नेताहरू विभिन्न पदमा विजयी भएकाले सबैले मिलेर कांग्रेसलाई अघि बढाउने उनले बताए । शर्माले वीपी कोइराला जेल बसेको स्थान सुन्दरीजलबाट उम्मेदवारी घोषणा गरेको र विजयी भएको घोषणा हुने बित्तिकै सुन्दरीजल पुगेर माटोको टीका लगाएर केहि प्रतिबद्धता जनाउने पनि जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply