नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि
१३ पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।
बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो ।
सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८-१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४-२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।
दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९-२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४-२४ मा पुर्याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४-२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।
तेस्रो सेटमा भने नेपालले २५-१५ ले सहजै जित्दै खेलमा २-१ को अग्रता बनायो । १०-११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८-११ को अग्रता बनाउँदै खेल २५-१५ ले सहजै जित्यो ।
तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५-२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २-२ को अवस्थामा पुर्यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै नेपालले उपाधि जित्यो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply