माओवादी महाधिवेशन : प्रचण्ड पथको विकल्पमा ‘प्रचण्ड विचार’ राख्न प्रस्ताव
१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा स्थगन गरिएको प्रचण्ड पथको विकल्पमा ‘प्रचण्ड विचार’ राखेर अघि बढ्नुपर्ने सुझाव आएको छ ।
आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारदेखि जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै बागमती प्रदेश समूहले यस्तो सुझाव दिएको हो । बागमती प्रदेश समूहले यसअघि स्थगित भइसकेको प्रचण्डपथको विकल्पमा नयाँ विचार राखेर जान सुझाव दिएको हो ।
जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै आजसम्म पार्टीलाई ल्याउने भूमिका अध्यक्ष प्रचण्डले गर्नुभएको छ, यो एउटा विचार हो’, बागमती प्रदेश ‘क’ को समूहको निष्कर्ष सुनाउँदै टोली नेता सरल सहयात्रीले सुनाए, अब हामीले यसलाई ‘प्रचण्ड विचार’ राखेर जानुपर्छ । यसलाई अघि बढाउने गरी दस्तावेजमा समावेश गर्नुपर्छ ।
दुई दिनसम्म चलेको समूहगत छलफलपछि बुधबारदेखि सुझाव दिन थालिएको हो । अहिलेसम्म ९ वटा समूहबाट प्रचण्डको प्रतिवेदनमाथि सुझाव पेश भइसकेको छ । अर्कातिर समूहबाट प्रचण्डप्रति असन्तुष्टि पनि प्रकट भएको छ । प्रचण्डले साना कम्युनिष्ट पार्टीलाई एक बनाएर आफ्नै पार्टीका नेताहरुको मानमर्दन गरेको भन्दै समूहबाट असन्तुष्टि आएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply