पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने सीके राउतको घोषणा
१५ पुस, जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले आज देखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
पार्टीका अध्यक्ष राउतले बुधबार राति विज्ञप्ति जारी गरी आज पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिनभर अनिश्चितकालसम्म अवरुद्ध गर्ने घोषणा गरेका हुन्।
साथै मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरूको कार्यक्रममा विरोध गर्ने पनि उनले बताएका छन्।
किसानका ७ बुँदे मागको सुनुवाइ नगरेको भन्दै जनमत पार्टीले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
जारी विज्ञप्तिमा मन्त्रिस्तरीय/उच्चस्तरीय वार्ता समिति गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको आरोप लगाइएको छ।
आफ्नो आन्दोलनमा प्रहरीले दमन गरेको, अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुनेगरी कुटपिट गरेको, किसानविरुद्ध ज्यादती गरेको तथा झुटा मुद्दा लगाएको आरोप पनि जनमत पार्टीले लगाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply