केन्द्रीय सदस्यमा सकेसम्म सहमति, नमिले चुनाव हुन्छ : प्रचण्ड

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्य चयन सहमतिबाटै गरिने बताएका छन् ।
बन्द सत्र हलमा अध्यक्ष प्रचण्डले क्लस्टर र खुल्ला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । सहमतिका लागि साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख गर्दै प्रचण्डले सहमति नभए लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने र जनवाद लागू गरिने बताए ।
उनले भने, सहमतिका लागि ५ बजेसम्मको समय दिइएको छ । सहमति नभए निर्वाचन प्रक्रिया शुरु हुन्छ । हामी जरुरी पर्दा कुनै पनि लोकतान्त्रिक प्रयास गर्ने गर्दर्छौ । तर जस्तोसुकै लोकतन्त्रमा पनि सहमतिको प्रयास हुन्छ । दुई घण्टामा सहमति नजुटे प्रक्रियामा जाने उनले बताए । भूगोलबाट सात र एक गैरभौगोलिकबाट गरी ८ प्रदेशभित्र तोकिए कोटा अनुसार ५ बजे प्यानल पेस गरिने छ । सहमति नजुट्ने प्रदेशको हकमा निर्वाचन हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply