माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित, वैठक स्थगन

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित बनेको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगन भएको छ ।
भर्खरै काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका छन् ।
ढकालका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना छ । पदावधि पूरा भएर राष्ट्रिय सभाका १९ सदस्य बिदा हुन लागेकाले तिनमा पदपूर्तिका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
यही पुस ११-१८ मा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको २४६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्विरोध चयन गर्यो ।
अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । यसबारे निणर्य गर्न यही पुस २५ गते केन्द्रीय बैठक राख्ने निणर्य भएको थियो । माओवादी केन्द्रका एक शीर्ष नेता वर्षमान पुन अनन्त उपचारका क्रममा चीनमा रहेकाले उनी समेत सहभागी हुन भ्याउनेगरी केन्द्रीय समितिको बैठक पुस २५ लाई निर्धारण गरिएको थियो ।
तर त्यो बैठक पनि स्थगन गरिएको हो । २५ गतेको लागि बोलाइएको बैठक स्थगित गरिएको छ’ ढकालले भने, कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको हो, अब अर्को बैठक माघ ८ गते बोलाउने कि भन्ने थियो, तर राष्ट्रिय सभा निर्वाचनले भ्याउने अवस्था छैन, त्यसपछि मात्र बैठक बस्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply