ललिता निवास जग्गा प्रकरणमा मुद्दा नचल्ने, सरकारी वकिलले फर्काइ दियो फाइल
२६ पुस,काठमाडौं । सरकारी वकिल कार्यालयले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई नै फिर्ता पठाई दिएको छ । ललिता निवास जग्गा प्रकरणमा अब मुद्दा दर्ता नहुने भएको छ ।
सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निणर्य भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए । उनले थप अनुसन्धान गर्नुपर्ने भएकाले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिएका छन् । प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबारसम्मको हदम्याद थियो । यद्यपि, मुलुकी ऐनअनुसार मुद्दा चल्ने भएकाले यसको हदम्याद भोलि नै नसकिने पौडेलले बताए ।
केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । ललिता निवासको सरकारी जग्गालाई कीर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply