धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन
२९ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्रीको प्रेस संंयोजक गोविन्द रोक्काकाअनुसार डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याललले आवेदन दिएका छन् ।
यसअघि आवेदन दिएको आईक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्यले भने यस पटक आवेदन दिएनन् । यसअघि आवेदन नदिएका खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज अधिकारीले यसपटक थप आवेदन दिए भने अन्य ११ जना यसअघि नै आवेदन दिएका हुन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकाले बर्खास्त गरेको थियो ।
त्यससँगै बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो । उक्त सूचना अनुसार १२ जनाले आगवेदन दिएका थिए । तर, मन्त्रीस्तरीय सिफारिस समिति गठन भएको र त्यसले वैधानिकता नपाउने कारण देखाएर मन्त्रिपरिषद्बाट सिफारिस समिति गठन गर्न भन्दै त्यसलाई खारेज गरेर पुनः पुस १५ गते अर्को समितिले सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो ।
बोर्ड अध्यक्ष सिफारिस समिति योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा जीवनाथ भुषाल रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply