उद्धार उडानको अनियमितता छानबिन गर्न मन्त्री आलेद्धारा छानविन समिति गठन
२९ पुस, काठमाडौं । कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समिति गठन गरेका छन् ।
मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको समितिका एक सदस्यले जानकारी दिए ।
कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २३९ ‘चार्टर्ड फ्लाइट’ गरेको थियो, मन्त्रालयका ती अधिकारीले भने, त्यसको छानबिन गर्नका लागि समिति गठन भएको हो । समितिले शुक्रबारबाट छानबिन थाल्ने बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply