धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु
३० पुस, काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा आज बिहान टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको छ ।
टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।
धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । सो दुर्घटनामा चालक र परीचालक च्यापिएका थिए ।
यसैगरी दाङको दंगिशरण गाउँपालिका ४ हेकुलीमा रोकिराखेको ट्याक्टरमा, अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार ५० वर्षीय नेत्र बुढाथोकी (दीपक) रहेका छन् ।
घाइते भएका उनको उपचारका क्रममा आज बिहान ५ बजे नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो रिक्सा चालक स्थानीय १७ वर्षीय मनिष चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply