सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी छैन : एमाले
८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी प्राप्त नभएको बताएको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आफूहरूलाई सर्वदलीय बैठकका बारेमा कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।
प्रधानमन्त्रीज्यूले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समाचार संचार माध्यममा देखियो, सुनियो । एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो, रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नभएको जानकारी गराउँदछु ।
त्यस्तै स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को सहमति नहुने पनि उनले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले आज बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघिको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको थिएन ।
पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए । ओलीलाई भेटेको दुई सातापछि देउवाले फेरि सर्वदलीय बैठक डाकेका हुन् ।
एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले कारबाही सिफारिस गरेकामा माधवकुमार नेपाल, रामकुमारी झाँक्री लगायत सांसद् छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply