नेपाल बारको आन्दोलनकै बीच प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक
१४ माघ, काठमाडौं । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।
यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् ।
अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।
खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply