पार्टी छाड्ने निर्णय पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह
२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई राजीनामाको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार काठमाडौंमा उपलब्ध पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको हालै सम्पन्न महाधिवेशनपछि पार्टी बलियोसाथ अघि बढिरहेका बेला थापाको यो निर्णयलाई अप्रत्यासित भनेका छन्।
राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित र अप्रत्यासित रूपमा पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौ, श्रेष्ठले बैठकपछि भनेका छन्, पार्टीबाट अलग हुने उहाँको निणर्यमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ।
राप्रपा पदाधिकारी बैठकले पार्टीले राजसंस्था र हिन्दु राज्यको अडान नछाडेको पनि स्पष्ट पारेको छ।
राप्रपा पार्टी स्थापनाको उद्धेश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित छ, श्रेष्ठले अगाडि भनेका छन्, यस घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई द्विविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ।
राप्रपा पदाधिकारी बैठकले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहलाई अपिल पनि गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply