२६ माघ २०७८, बुधबार १३:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने
२६ माघ, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply