स्थानीय निर्वाचन रोक्न दिइएको रिट निवेदन दरपीठविरुद्ध मेयर साहले हाले अर्को मुद्दा
२९ माघ,काठमाडौं । आउँदो वैशाख ३० गते घोषणा भएको स्थानीय तहको निर्वाचन मधेस प्रदेशमा रोक्न माग गर्दै आफूले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन दरपीठ भएपछि महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले त्यसविरुद्ध फेरि अर्को मुद्दा हालेका छन् ।
उनले आगामी वैशाख ३० गते हुने निर्वाचन मधेस प्रदेशमा रोक्न माग राखेर गत बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । तर अदालत प्रशासनले त्यसलाई दरपीठ गरेको थियो । प्रशासनको निणर्यविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्ने व्यवस्था छ ।
सोही अनुसार मेयर साहले दरपीठविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा पुनः रिट निवेदन दर्ता गराएका हुन् । जसको सुनुवाइ फागुन ४ गते हुने मेयर साहले जानकारी दिए ।
मेयर साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल ५ वर्ष हुने हुँदा उक्त कार्यकाल पूरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित निवेदन दिएका थिए । सो निवेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।
तत्कालीन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते भएको थियो । आगामी वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको कार्यकाल पूरा हुन नपाउने दाबी रिट निवेदनमा गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावबारे प्रस्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपीठ गरिएको जानकारी दिएका थिए । सरकारले वैशाख ३० एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply