यूएईसँग नेपाल २५ रनले पराजित
२९ माघ, काठमाडौं । चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ।
यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी ४१, आसिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले १० रन जोडे।
यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान २-२ तथा जान्यूद सिद्दीकीले १ विकेट लिए।
त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन जोडेको थियो।
यूएईका ओपनर चिराग सुरीले ८४ रनको सानदार नटआउट इनिङ्स खेल्द टोलीलाई उक्त स्कोरमा पुर्याएका हुन्। ५३ बलको सामना गरेका सुरीले ५ चौका र ५ छक्का प्रहार गरे।
दोस्रो विकेटका लागि सुरीले रोहन मुस्ताफासँग ९७ रन रनको साझेदारी गर्दै यूएईको इनिङ्स अघि बढाएका थिए।
यूएईका पूर्वकप्तान रोहनले ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रन जोडे। अर्धशतक बनाउँन एक बल बाँकी हुँदा उनलाई चौधौ ओभरको तेस्रो बलमा आरिफ सेखले विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराएका थिए।
यस्तै यूएईका अर्का ओपनर मोहम्मद वासिमले २२ रन जोडे। १३ बलमा उनले एक चौका र २ छक्का प्रहार गरेका थिए। मोहम्मद बुटाले ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिए । यस्तै सहाब आलाम र आरिफ सेखले समेत १-१ विकेट लिए।
आठ बलरको प्रयोग गरेपनि नेपाली बलरहरु महँगा सावित भए। कमलसिंह ऐरीले ४ ओभरमा ४२ रन खर्चे। यस्तै सहाब आलामले २ ओभरमा ३५, विवेक यादवले १ ओभरमा २०, जितेन्द्र मुखियाले ३ ओभरमा २५, शरद भेषावकरले २ ओभरमा १७ र आरिफ सेखले २ ओभरमा १६ रन खर्चिए।
आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाल, यूएई, आयरल्याण्ड र ओमानले चारदेशीय टी–२० शृंखला खेल्दैछन।
नेपालले यसअघि शुक्रबार ओमानसँग भएको खेल ६ विकेटले जितेको थियो। नेपालले अब सोमबार आयरल्याण्डसँग खेल्नेछ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply