न्यायालयको गरिमा जोगाउन महाअभियोग : कानुनमन्त्री बडु
१ फागुन, काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् ।
प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको मन्त्री बडुले बताए । गतिरोधमा न्यायपालिका रहृयो भने न्यायापालिकाको आवश्यकता र गरिमाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभयो, मन्त्री बडुले भने ।
मन्त्री बडुले सर्वोच्चको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको बताए । हामीले यो कुरा पनि सुनिरहेका थियौं । सम्मानीय प्रधानन्यायाधीश ज्यूले पनि म संवैधानिक बाटोबाट आएको व्यक्तिलाई संवैधानिक बाटोबाट निकास चाहन्छु भन्ने अभिव्यक्तिहरु थिए’ मन्त्री बडुले भने ।
दर्ता भएको महाअभियोग प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply