एमाले संसदीय दलको बैठक सुरु
२ फागुन, काठमाडौं । सत्तारुढ तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफलका लागि आयोजित प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।
बिहान ११ बजेकै लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि जवाफस्वरूप एमालेले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तथा प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्ने सर्वाेच्च अदालतका चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारी गरेकाे चर्चा छ।
तर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यस विषयमा अहिले भन्न नसकिने, बैठकले निर्णय गरेपछि मात्रै भन्न सकिने बताए।
सर्वोच्च अदालतका ४ न्यायाधीशमाथिको महाभियोग दर्ताबारे त्यही बैठकले निर्णय गर्नेछ। अहिलेसम्म दर्ताबारे कुनै निर्णय भएको छैन, बैठक सुरु हुनअघि उनले भने, बाहिर आएका हल्ला मात्र हुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply