मन्त्रिपरिषद्को बैठक बस्दै
५ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठकलाई महत्त्वका साथ हेरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिइन् ।
सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन् ।
कांग्रेसले माओवादीबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसद्मा टेबल गर्न अटेर गरेको आरोप लगाउँदै आएको छ । यता, एमसीसी जसरी भए पनि अनुमोदन गराउने दृढतामा रहेका प्रधानमन्त्री देउवा एमसीसी टेबल गर्न र अनुमोदन गराउनका लागि गठबन्धनको विकल्प खोज्ने मनसायमा समेत पुगेको कांग्रेस स्रोतको दाबी छ । मन्त्रिपरिषद्को बैठकपश्चात् आजै साँझ ५ बजे सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बस्नेछ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply