ओमानलाई हराउँदै विश्वकप छनोटमा नेपालको विजयी सुरुवात
६ फागुन, काठमाडौं ।नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
सुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।
ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोड्न सकेन।
नेपालका लागि कमलसिंह ऐरीले तीन तथा सन्दीप लामिछानेर दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। त्यसबाहेक जितेन्द्र मुखिया र अविनाश बोहराले १-१ विकेट लिए।
त्यसअघि ब्याटरहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।
नेपालका लागि आरिफ सेखले सर्वाधि ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाउँदै नटआउट रहेका थिए।
नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो।
कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। मध्यक्रममा पनि नेपाली ब्याटरहरु रन जोड्न असफल रहे।
तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा एक चौका प्रहार गर्दै ११ रनमात्रै बनाउँन सके।
उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।
त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ तथा कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।
ओमानका खावर अलीले ३ विकेट लिए। ४ ओभरमा उनले ३० रन खर्चे। यस्तै बिलाल खानले २ तथा फयट भट र जसिम मक्सुदले १–१ विकेट लिएका थिए।
जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ।
समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ। त्यसबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply