एमसीसीबारे अमेरिकाले भन्यो- विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य हुँदैन
६ फागुन,काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि दबाब दिंदै आएको अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताएको छ ।
नेपालमा एमसीसीविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि काठमाडौंस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले हिंसालाई उक्साउने गतिविधि कदापी नस्वीकार्ने बताएका छन् । उनले अमेरिका स्वतन्त्र अभिव्यक्त र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै शान्तिपूर्णरूपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरेका छन्।
हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्, उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
एमसीसी संसदमा टेबल गर्ने कुराले जति राजनीतिक दलहरुबीच असझदारी रहेको छ । त्योभन्दा धेरै अहिले एमसीसीका नाममा दिनहुँ प्रदर्शन भइरहेका छन् । यहाँसम्म कि बम आतंक समेच मच्चाइएको छ । त्यही भएर अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply