नयाँ पार्टी घोषणा गर्दै कमल थापाले भने, ‘गीताको कसम खाएका कारण राप्रपा फुटाइँन’
७ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले चाहेको भए सक्ने भए पनि राप्रपा नफुटाएको बताएका छन् । आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि गीतामा हात राखेर नफुटाउने कसम खाएको कारण त्यसो नगरेको बताएका छन् ।
कार्यक्रममा उनले भने, मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन भनेको मलाई सम्झना छ । मलाई आज यो भन्दा खुशी लाग्छ कि मैले राप्रपा फुटाइँन ।
मैले चाहेको भए सजिलै सक्थें । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसंख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्याएर पार्टी फुटाऔं भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ, उनले थपे, पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने कुरामा म विश्वास राख्दिनँ ।’
अध्यक्ष कमल थापाले राजसंस्थाले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । थापाले राजसंस्थाले गुट बोकेर हिंडेको र अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् । उनले भने, राप्रपाको आन्तरिक मामिलामा राजसंस्थाबाट हस्तक्षेप भयो। राप्रपाले परिकल्पना गरेको राजसंस्थाले आदर्श अभिभावकको भूमिका निर्वाह गर्न सकेन । उनले पछिल्लो पाँच वर्षमा आफूबाट धेरै गल्तीहरु भएको स्वीकार्दै माफी दिन आग्रह गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply