फिलिपिन्सविरुद्ध नेपालको शानदार जीत
७ फागुन, काठमाडौं । कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी-२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।
फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २१८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रन मात्र बनाउन सक्यो । आज अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराउँदै दोस्रो जितको निकालेको हो । ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २१८ रन जोडेको थियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँदै १०४ रन जोडे । कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ बनाए । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले १७१ रनको साझेदारी गरेका हुन् ।
कुशल मल्लले १२ रनमा आउट भए भने आशिफ शेख शून्य रनमै आउट भएका थिए । त्यस्तै पछिल्लो क्रिज टेकेका लोकेश बम अविजित रहँदै ६ रन जोडे । नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए । फिलिपिन्सका लागि मिग्गी पोडोस्की, गुर्धुपिन्दर चोहान र ड्यानियल स्मीथले एक-एक विकेट लिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply