बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन शुरु, सुरक्षा व्यवस्था कडा
१२ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध प्रदर्शन शुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन शुरु भएको हो । बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेश हुँदैछ ।
एससीसीमाथि छलफल हुने थाहा पाएपछि प्रदर्शनकारीहरु बिहानैदेखि सो क्षेत्रमा भेला भएका थिए । अप्रिय घटना हुन नदिन नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आज बानेश्वर क्षेत्रमा २४ सय बढी प्रहरी परिचालन गरिएको छ । केहीअघिका प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो । झपडपका क्रममा सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सवारी साधन डाइभर्ट
काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । भद्रकाली-सिंहदरबार-माइतीघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।
पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने ठूला तथा तिनपाङग्रे सवारी साधनलाई पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ । अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply