एमसीसी ल्याउनु पर्छ भनेर निवेदन हाल्नेहरुलाई ताली बजाउँछन्, मलाई ढुङ्गा हान्छन् : ओली

१३ फागुन, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको बताए ।
उनले भने, ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिंड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।
एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिंड्दा ढुंगा हानिंदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिंदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिंदैन ।
कांग्रेस-माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिंड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply