एमसीसीबारे एमालेको प्रतिक्रिया – सत्ता गठबन्धनको दाेहोरो चरित्र उदाङ्गियो
१७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।
एमालेले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदाङ्गो भएको बताएको छ । एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसो भनेका हुन् ।
अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ । यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको छ’ ओलीले विज्ञप्तिमा भनेका छन्, ‘यसक्रममा अनेक भ्रम फिँजाइएको थियो । दुई पक्षीय या बहुपक्षीय लगानीमा एक पक्षीय घोषणा गरिएको छ । व्याख्यात्मक घोषणाका नाममा सत्ता सञ्चालकको छेपारे प्रवृत्ति उदाङ्गो भएको छ ।
वक्तव्यमा भनिएको छ, ‘एमसीसी परियोजना अब संसद्बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निणर्य गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।
एमालेले एमसीसी सम्झौता पारित गर्दा संसदमा गरिएको व्याख्यात्मक घोषणाबारे प्रतिक्रिया दिएको छ । पार्टी उपमहासचिव प्रदीप पौडेलले एमसीसी सम्झौता पारित गर्न गरिएको व्याख्यात्मक घोषणालाई औचित्यहीन भएको बताए । मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘एमसीसीमा व्याख्यात्मक घोषणा : कितावको माछा पो खानु हुन्न, खोलाको त भइहाल्छ नि भन्ने जस्तै’ भएको टिप्पणी गरेका छन् ।
उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरिएको बताए । अनुमोदन गर्दा संसदीय प्रक्रियामा सहभागी हुन एमालेलाई वञ्चित गरियो । यो सत्ता गठबन्धनको षड्यन्त्र हो, उनले भने । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार अनुमोदन भएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply