एमसीसीबारे तीन नेताले प्रचण्डलाई बुझाए लिखित फरक मत
२० फागुन, काठमाडौं । माओवादी केन्द्रका तीन नेताले अमेरिकी सहयता परियोजना एमसीसीबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित फरक मत बुझाएका छन् ।
माओवादी केन्द्रको शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो फरक मत दर्ज हुनुपर्ने भन्दै नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले लिखित फरक मत प्रचण्डलाई बुझाएका हुन् ।
केन्द्रीय सदस्य सुदन किराँतीका अनुसार आफूहरुले पार्टी निर्णय मान्ने तर असहमति पनि पार्टी बैठकमा दर्त हुनुपर्ने भन्दै लिखित फरक मत बुझाएका हुन् ।
उनीहरुले यसअघि पूर्व स्थायी कमिटी सदस्यको बैठकमा पनि एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका थिए ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले एससीसी स्वीकार गर्नुका कारणबारे बोलेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकमा आफ्नो लिखित असहमति पेस गरेका थिए ।
श्रेष्ठ बोलेपछि अर्को बैठक पर्सि बिहान ११ बजे बस्नेगरि स्थगन गरिएको छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply