एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा जाँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । ओली बिहान ८ः३० बजे झापा आइपुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जानकारी दिएको छ ।
बिहान ८ः३० बजे भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित शहीद स्मृति पार्कमा गएर बिहान ९ः३० बजे शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजे दमकमा खाना खाने र ११ः३० बजे कमल गाउँपालिका-६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास ओलीले गर्ने कार्यक्रम छ ।
१२ः३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश-१ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने र १ः३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश-१ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ ।
त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको जनाइएको छ । ओली शनिबार साँझ ६ बजेको हवाई उडानबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply