मुस्ताङमा हिमपहिरो : २९ चौंरीसहितको गोठ पुर्यो, गोठाला भागेर जोग्गिए
२१ फागुन, मुस्ताङ । मुस्ताङको मानापाथी हिमालबाट फेरि हिमपहिरो खसेको छ । कार्तिकको तेस्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । त्यसको तीन महिना नबित्दै फेरि सोही ठाउँमा हिमपहिरो खसेको हो ।
हिमपहिरोका कारण चौंरीगोठ पुरिएको स्थानीयले जानकारी दिएका छन् । हिमालको फेदमा रहेको सुशीला गौचन र नरप्रसाद गौचनको चौंरीगोठमा रहेका १५ चौंरी हिमपहिरोमा पुरिएर मरेको र १० वटा हराइरहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले भने सात वटा मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौंरी भने जिउँदै भेटिएको स्थानीयले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घटनाबारे खोजबिन भइरहेको बताएका छन् । पहिरोमा परेर तीन वटा चौंरी घाइते भएका छन् ।
मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार शनिबार बिहान ४ बजे खसेको हिमपहिरोले थासाङ गाउँपालिका-२, न्याउँरीकोटमा रहेको सुशीला गौचन र नरप्रसाद गौचनको चौंरीगोठ पुरेको हो । गाईहरू पुरिए पनि गोठाला भने भागेर पहिरोबाट जोगिएको उनले बताए ।
के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दैछौं, उनले भने, कार्तिकमा पहिरो झरेकै ठाउँबाट अहिले पनि झरेको हो । उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकाले हिमालमा क्षति पुगेको हुनसक्ने बताएका छन् ।
तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्, उनले थपे, विज्ञहरू पनि यसलाई जलवायु परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नब्यहोरेको सुनाउँछन्, उनले भने । यसअघि कात्तिक अन्त्यतिर खसेको हिमपहिरोका कारण थासाङ-२, कोवाङ क्षेत्रस्थित जनआदर्श माविमा भागदौड मच्चिएको थियो । त्यस क्रममा ९ जना घाइते भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply