२२ फाल्गुन २०७८, आईतवार १४:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल एयरलाइन्सले पायो साउदीको उडान अनुमति
२२ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको छ । निगमले सोमबार साउदी अरेबियाको रियादस्थित सामान्य नागरिक उड्डयन प्रधिकरण कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त गरेको हो ।
प्रधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति दिएको हो । यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ ।
निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं- रियाद-काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply